देशलाई बाँसमा आत्मनिर्भर बनाउने वनमन्त्रीको घोषणा

हिमाल प्रेस २ असोज २०८१ २१:०६ | Wednesday, September 18, 2024
देशलाई बाँसमा आत्मनिर्भर बनाउने वनमन्त्रीको घोषणा

काठमाडौँ- वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।

अन्तर्राष्ट्रिय बाँस दिवसको अवसर पारेर आज (बुधबार) काठमाडौँमा पारिवारिक निजी वन संघ र ग्रीन फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा उनले बाँसमा मुलुकलाई आत्मनिर्भर बनाउने योजना रहेको बताएका हुन्।

‘बाँसमा आन्तनिर्भर बनाउँदै निर्यात प्रवर्द्धन गरिनेछ, तिनै तहका सरकारले विषेश ध्यान दिएर बाँस उत्पादन बढाउनुपर्छ,’ उनले भने, ‘पहिरो नियन्त्रण गर्न, भूक्षय रोक्न, आर्थिक सुधारका लागि बाँसको महत्त्व छ, बाँसलाई महत्त्वपूर्ण पार्टका रुपमा विकास गर्नेछौँ, यसका लागि अन्तरसरकारी निकाय तथा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गर्नेछौँ।’

वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले विश्वमा १५ सय बाँस रहेको र नेपालमा भने ५२ प्रजातिका बाँस पाउने भन्दै विश्वमा नपाइने सात प्रजातिको बाँस नेपालमा पाउने जानकारी दिए। बाँसको अनेक तरिकाले प्रयोग गर्ने भएकाले यसको निर्यातको सम्भावना रहेको बताए।

वनविद् तथा पूर्ववन सचिव डा. अन्नपूर्णनन्द दासले नेपाली बजारमा तामाको सम्भावना रहेको र विदेशी बजारमा भने बाँस निर्यात गर्न सकिने बताए।

प्रकाशित: २ असोज २०८१ २१:०६ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast