‘होस्टेल ३’ छायांकनमा

हिमाल प्रेस २ असोज २०८१ ८:०६ | Wednesday, September 18, 2024
‘होस्टेल ३’ छायांकनमा

काठमाडौँ- आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै नेपाली चर्चित फिल्म ‘होस्टेल’को तेस्रो सिक्वेलको आइतबारदेखि छायांकन भैरहेको छ।

फिल्मको छायांकन काठमाडौँको बोडेमा सुरु गरिएको हो। पहिलो चरणको छायाँकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाँकन सुरु गरिने फिल्मका निर्देशक सशान कँडेलले बताए।

होस्टेल शृंखलाको महत्वपूर्ण तेस्रो कडीका रूपमा हेरिएको ‘होस्टेल ३’ मा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।

अभिनेता आर्यन सिग्देलले फिल्ममा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन्।

‘होस्टेल’ शृंखलाले नयाँ कलाकारहरूलाई नेपाली सिने उद्योगमा स्थापित गराउँदै आएको छ। पहिलो ‘होस्टेल’ फिल्मबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो।

२०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै फिल्मले घरेलु बक्स अफिसमा सफलता हासिल गरेका थिए। फिल्म ‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा छ। फिल्मको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ।

फिल्म ‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो। फिल्मलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ।

फिल्मका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्। मुख्य सहायक निर्देशक सुदिप कुँवर छन्। चलचित्रको प्रोडक्सन डिजाइन यम प्रसाद ओलीले गरेका छन्। कार्यकारी निर्माता शंकर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

सह निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

प्रकाशित: २ असोज २०८१ ८:०६ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast