क्यानडासँगै हार्‍यो नेपाल

हिमाल प्रेस १ असोज २०८१ ६:३२ | Tuesday, September 17, 2024
क्यानडासँगै हार्‍यो नेपाल

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनले पराजित भएको छ। ओडीआईमा इतिहासमा नेपाली टोली पहिलो पटक क्यानडासँग पराजित भएको हो। यसअघिका तीन भेटमा नेपालले जित निकालेको थियो।

यस्तै नेपाल र क्यानडा सहभागी ओडिआइमा पहिलो पटक ४ सय ३ रन मात्र बनेको यो पहिलो पटक हो। यो अहिलेसम्मकै सबैभन्दा कम रन बनेको खेल समेत बन्न पुग्यो। क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०।१ ओभरमा १ सय ५० रन बनाउँदा अलआउट भयो।

अलराउण्डर करण केसीले बनाएको २७ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछानेले २२ तथा आशिफ शेखले २० रन थपे। भिम सार्की १८ र गुल्सन झा १५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशल मल्लले १२ रन बनाए। नेपालका चार ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

त्यसअघि क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५३ रनको योगफल तयार पारेको थियो।

क्यानडाका लागि कप्तान निकोलस पुरन ७३ रनमा अविजित रहे। उनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। अखिल कुमार शून्य रनमा नटआउट रहे। ओपनर नवनित डालिवालले बनाएको ४८ रन नै सर्वाधिक रह्यो। ओपनर नवनित डालिवालले ९० बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाउँदा गुल्सन झा को बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।

पारगत सिंह ३५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। उनले ७४ बलमा ४ चौका प्रहार गरे। अर्का ओपनर आरोन जोनसन १० रन बनाउँदा ललित राजवंशीको बलमा आउट भए।

हर्ष ठाकेर २७ रनमा रनआउट भए। श्रेयास मोभ्भा ४ रन बनाउँदा कप्तान रोहित पौडेलको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। २७ बलमा २ चौका र २ छक्का हानेका डिलोन हेलिगंर २३ रन बनाउँदा ललित राजवंशीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुँदै पेभेलियन फर्के।

साद विन जफर १७ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीले क्याच लिर्दै आउट गरे। कलिम सना १० रन थप्दै पेभेलियन फर्के। नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक विकेट आफ्नो नाममा गरे।

प्रकाशित: १ असोज २०८१ ६:३२ | Tuesday, September 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast