केन्द्रले माग्यो विशेष शिक्षाको कक्षा र छात्रावासका लागि विद्यालयसँग दरखास्त

हिमाल प्रेस ३१ भदौ २०८१ १३:२६ | Monday, September 16, 2024
केन्द्रले माग्यो विशेष शिक्षाको कक्षा र छात्रावासका लागि विद्यालयसँग दरखास्त

काठमाडौँ-  शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले विशेष शिक्षाको कक्षा र अनाथ बालबालिकाका लागि हिमाली आवासीय विद्यालय छात्रावास सञ्चालनका लागि इच्छुक विद्यालयसँग दरखास्त अनुरोध गरेको छ।

केन्द्रले  आर्थिक वर्ष २०८९/०५/३० र २०८१/०८२ को कार्यक्रम अनुसार उक्त कक्षा र छात्रावास सञ्चालन गरिने भएकाले आगामी असोज १५ गतेसम्म कार्यालय समयभित्र तोकिएको ढाँचामा इच्छुक विद्यालयसँग दरखास्त अनुरोध गरेको हो।

ताप्लेजुङ, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला, कालिकोट, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, जुम्ला, मुगु बाजुरा र म्याग्दी जिल्लाका हिमाली भेगका विद्यालयले दरखास्त पेस गर्न सक्ने केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ।

यस्ताे छ सूचना 

प्रकाशित: ३१ भदौ २०८१ १३:२६ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast