आज सुनचाँदीको भाउ कति?

हिमाल प्रेस २८ भदौ २०८१ ११:३८ | Friday, September 13, 2024
आज सुनचाँदीको भाउ कति?

काठमाडौँ- सुनको भाउले नयाँ रेकर्ड बनाएकाे छ। सुनको भाउ आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला तीन हजार रुपैयाँ बढेको हो।

आज चाँदीको भाउ पनि बढेको छ। चाँदीको भाउ प्रतितोला एक हजार आठ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रुपैयाँ बढेको हो।

प्रकाशित: २८ भदौ २०८१ ११:३८ | Friday, September 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast