कोशी : १० महिनापछि विषयगत समितिले नेतृत्व पाउँदै

हिमाल प्रेस २७ भदौ २०८१ २१:२५ | Thursday, September 12, 2024
कोशी : १० महिनापछि विषयगत समितिले नेतृत्व पाउँदै

काठमाडौँ- करिब १० महिनापछि कोशी प्रदेश सभाको सात वटा विभिन्न विषयगत समितिहरूले नेतृत्व पाउने भएका छन्।

विषयगत समितिको सभापतिका लागि प्रदेश सभा सचिवालयले प्रकाशन गरेको निर्वाचन तालिका अनुसार ७ वटा समितिका लागि एक-एक जनाको मात्र उम्मेदवारी परेको छ।

नेकपा एमाले र नेपाली कांग्रेस बीच ३/३ वटा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समितिको सभापति दिने सहमति बने अनुसार उम्मेदवारी दिइएकोले निर्विरोध भएको हो। एक एक जनाको मात्र उम्मेदवारी परे पनि सम्बन्धित समितिको सभापति बैठकबाट निर्र्णय हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

नेकपा एमालेले पाएको प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा होमबहादुर थापा, उद्योग पर्यटन तथा वातावरण समितिमा रामदेव यादव, न्याय प्रशासन तथा विधायन समितिमा कमला दर्नाल, यसै गरी नेपाली कांग्रेसले पाएको अर्थ समितिमा विनोद राई, सामाजिक विकास समितिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौडेल, नेकपा माओवादी केन्द्रका राजन किराती सार्वजनिक लेखा समितिको सभापतिमा निर्विरोध भएका छन्।

प्रकाशित: २७ भदौ २०८१ २१:२५ | Thursday, September 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast