आफ्ना सांसदहरूलाई कांग्रेसको निर्देशन : असोज ३ गतेसम्म उपत्यका नछाड्नू

हिमाल प्रेस २६ भदौ २०८१ २०:०६ | Wednesday, September 11, 2024
आफ्ना सांसदहरूलाई कांग्रेसको निर्देशन :  असोज ३ गतेसम्म उपत्यका नछाड्नू

काठमाडौँ- नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न निर्देशन दिएको छ। प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई उपत्यका नछाड्न भनेर म्यासेज पठाएका हुन्।

कांग्रेस–एमाले गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका छन्। त्यसैले जुनसुकै बेला पनि सांसदहरुको उपस्थिति आवश्यक पर्न सक्ने भन्दै उपत्यका नछाड्न निर्देशन दिइएको हो।

उपसभामुख रानाले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने कांग्रेस–एमालेको तयारी छ। यसअघि एमालेले आफ्ना सांसदहरुलाई असोज ३ गतेसम्म उपत्यका नछाड्न भनिसकेको छ।

उपसभामुख रानाले पदीय मर्यादाविपरीत असम्बन्धित व्यक्तिहरुलाई अमेरिकाको भिसाको मिति अगाडि सारिदिन आग्रह गर्दै लखेको पत्र सार्वजनिक भएको थियो। रानाविरुद्ध अमेरिका पठाइदिने भन्दै आर्थिक लेनदेन गरेको आरोप पनि लागेको छ। सोही विषयलाई कांग्रेस-एमालेले मुद्दा बनाएर रानाको आचरणमा प्रश्न उठाएका छन्।

प्रकाशित: २६ भदौ २०८१ २०:०६ | Wednesday, September 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast