काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक भदौ २८ गते बस्ने भएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिए। बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा १२ः३० बजे बस्ने छ।
भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठक आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुंगो लगाउने सहमति भएको थियो।
प्रकाशित: २४ भदौ २०८१ १९:१०
प्रतिक्रिया