‘इन्जिनियरिङ समुदायको समुन्नति, दशकको दृष्टिकोण’ नाराका साथ देश दौडाहामा सिडेन

हिमाल प्रेस २१ भदौ २०८१ १२:५१
8
SHARES
‘इन्जिनियरिङ समुदायको समुन्नति, दशकको दृष्टिकोण’ नाराका साथ देश दौडाहामा सिडेन

काठमाडौँ- ‘इन्जिनियरिङ समुदायको समुन्नति दशकको दृष्टिकोण’ नाराका साथ लोकतान्त्रिक इन्जिनियरहरूको समूह देश दौडाहामा छ।  देशमा बढिरहेको इन्जिनियरिङ जनशक्तिलाई राज्यले थप बढी जिम्मेवारी र अवसर प्रदान गर्नुपर्ने मुद्दा यो समूहले प्राथमिकताका साथ उठाएको छ।

लोकतान्त्रि समूह (सिडेन)ले देशैभर छरिएर रहेका स्थानीय तहले विकास निर्माणमा महत्वपूर्ण काम गर्ने भएकाले इन्जिनियरलाई समेत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्ने गरी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ।

यसका लागि नीतिगत व्यवस्था गर्न लागि पर्ने सिडेनका तर्फबाट नेपाल इन्जिनियर्स एसोसियसनमा अध्यक्षका उम्मेदवार सुवाचन्द्र बरालले बताए। त्यस्तै, प्रदेश समितिलाई बढी अधिकार दिने र स्थानीय तहसम्मै इन्जिनियर प्रशिक्षण अघि बढाउनेसमेत लोकतान्त्रिक समूहको योजना छ। यसले प्रदेश र स्थानीय तहसम्मै नेतृत्व विकास र अवसर दिलाउन सकिने विश्वास छ।

अध्यक्ष उम्मेदवार बराल नयाँ इन्जिनियरहरूलाई सरकारका विकास योजनाहरूमा संलग्न गराएर रोजगारी र क्षमता अभिवृद्धिमा सघाउने योजनाका साथ मैदानमा उत्रिएका छन्।

बुटवलमा सम्पन्न कार्यक्रममा बोल्ने क्रममा अध्यक्षका उमेदवार बरालले भने, ‘भर्खरै इन्जिनियरिङ पढाइ सकेर बसेकाहरूलाई सरकारका विकास योजनामा संलग्न गराउन सकिन्छ। यसले एकातिर इन्जिनियरहरूको क्षमता र रोजगारीको अवसर बढ् भने राज्यलाई पनि सहज र सुलभ जनशक्तिको प्राप्ति हुन्छ।’

यो विषयलाई आफू निर्वाचित भएपछि दृढताका साथ लैजाने र स्थानीय तथा प्रदेश तहका विकास योजनाको वृद्धि तर इञ्जिनियरहरूको कामको चापलाई समेत सम्बोधन हुने गरी दुवै तहमा इन्जिनियर जनशक्ति वृद्धिका लागि राज्यका तहहरूसँग पहल गर्ने उनको योजना छ। ‘अहिले प्रदेश र स्थानीय तहमा विकासका कामको चाप छ’, उनी भन्छन्, ‘तर एकातिर इन्जिनियरको अभाव छ भने अर्कोतिर दक्षले रोजगारी नपाइरहेको अवस्था छ। यो अब हट्नुपर्छ।’

सिडेनको टोलीले शुक्रबार गण्डकी प्रदेशमा पुगि कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा उपस्थिति सिडेन अध्यक्ष लक्ष्मण केसी, पूर्वअध्यक्ष उमेश थानी, नेपाल ईन्जिनियर्स एसोसिएसनको अध्यक्ष डा हरि बहादुर दर्लामी, सिडेन प्रदेश अध्यक्ष यादव नेपाल लगायत लोकतान्त्रिक समुह लुम्बिनी प्रदेशका अग्रजनेताहरूको उपस्थिति रहेको थियो।

चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म इन्जिनियरमाझ अन्तरक्रिया गरेको लोकतान्त्रिक समुह अहिले सुदुरपश्चिम को धनगढी, कर्णालीको सुर्खेत हुदै लुम्बिनी प्रदेशको नेपालगन्ज , घोराही , बुटवल सम्म सकेर पोखरामा कार्यक्रम गरेको हो।

प्रकाशित: २१ भदौ २०८१ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast