राजदूत सिफारिस समावेशी नभएपछि आरजुले भनिन् : ‘आईएम सरी’

हिमाल प्रेस १८ भदौ २०८१ १५:१५
18
SHARES
राजदूत सिफारिस समावेशी नभएपछि आरजुले भनिन् : ‘आईएम सरी’ आरजु राणा

काठमाडौँ- राजदूत सिफारिस गर्दा समावेशी र समावेशी सिद्धान्त अपनाउन नसकिएकोमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले माफी मागेकी छन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मंगलबारको बैठकमा मन्त्री राणाले माफी मागेकी हुन्।

समितिको बैठकमा राणाले राजदूत सिफारिस गर्दा दलित, मधेशी, मुस्लिम समुदायको प्रतिनिधित्व गर्न नसकेकोमा ‘आईएम सरी’ भनेकी छन्।

राजदूत सिफारिस समोशी कन नभएको भन्दै सांसदहरूले परराष्ट्रमन्त्री राणालाई प्रश्न गरेकी थिइन्। जवाफमा उनले रिक्त रहेका देशहरूमा राजदूत पठाउँदा समावेशी र समानुपातिक सिद्धान्त अपनाइने बताइन्।

‘राजदूत नियुक्ति समावेशी भएन, रिक्त मुलुकका लागि राजदूत सिफारिस गर्दा दलित, मधेशी र मुस्लिम ल्याउने छौँ। यसपटक समावेशी भएन, आईएम सरी,’ राणाको भनाई उद्धृत गर्दै समितिका सभापति राजकिशोर यादवले भने।

सरकारले पछिल्लो समय १७ मुलुकका लागि राजदूत सिफारिस गर्दा दलित, मधेशी र मुस्लिम समुदायबाट एक जना पनि नपरेको भन्दै प्रश्न उठेको छ। राजदूत सिफारिस समावेशी नभएको भन्दै सरकारको आलोचना भइरहेको छ।

परराष्ट्रमन्त्री राणाले दुई मुलुकमा राजदूत नियुक्तिका लागि ठाउँ खाली रहेको बताउँदै त्यहाँ दलित र मुस्लिम समुदायबाट सिफारिस गरिने बताइन्।

यसैबीच समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ।
समितिले संविधानको व्यवस्था र राजदूत नियुक्ति निर्देशिका–२०७५ को व्यवस्थालाई पालना गर्न सरकारलाई निर्देशन दिएको हो।

सभापति यादवले नेपालको संविधानको प्रस्तावना, धारा ४२ र धारा २८२ को व्यवस्था तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई दृष्टिगत गरी सरकारले राजदूत नियुक्ति समावेशी र पारदर्शी बनाउनुपर्ने बताए। समितिले राजदूत नियुक्ति निर्देशिकाबारे पनि परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने उनले जानकारी दिए।

समितिले परराष्ट्रमन्त्री राणासँग हालै सम्पन्न भारत भ्रमण र राजदूत नियुक्तिका सम्बन्धमा छलफल गरेको थियो। बैठकमा सांसदहरूले राजदूत सिफारिसलाई पारदर्शी र विवादरहीत बनाउनुपर्नेमा जोड दिएका थिए।

सांसद विमलेन्द्र निधिले परराष्ट्रमन्त्रीका हालैको भारत भ्रमण फलदायी रहेको भन्दै यसबाट दुई देशबीचको आपसी हित र सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

सांसद रघुवीर महासेठले पनि परराष्ट्रमन्त्रीको भारत भ्रमण सफल रहेको र अन्य मुलुकसँगको कूटनीतिक सम्बन्धलाई पनि समान रूपमा बलियो बनाउनुपर्नेमा जोड दिए।

सांसद पशुपतिशमशेर जबराले लामो समयदेखि चर्चामा आएको पञ्चेश्वर आयोजनाको प्रगतिबारे जानकारी गराउन माग गरे।

प्रकाशित: १८ भदौ २०८१ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast