ठेक्का सम्झौताको दुई वर्ष बित्दा पनि तयार भएन चार किमि सडक

हिमाल प्रेस १७ भदौ २०८१ १३:५६
14
SHARES
ठेक्का सम्झौताको दुई वर्ष बित्दा पनि तयार भएन चार किमि सडक धुलिखेल-खावा सडकमा हिलाम्मे सडकमा रोकिएका गाडी र पैदल यात्री।

काठमाडौँ- अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतिकोे काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अवरुद्ध हुने गरेको हो।

पानी नपर्दा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन्। उक्त सडकखण्डको विस्तार र स्तरोन्नतिकोे कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको छ।

सडक खण्डको विस्तार र स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो। सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो।

चार किलो मिटर सडकखण्डमध्ये दुई किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका अनुसार ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको छ।

प्रकाशित: १७ भदौ २०८१ १३:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =