कास्की र तनहुँमा छन् धेरै डेंगु संक्रमित

हिमाल प्रेस १४ भदौ २०८१ १६:५८ | Friday, August 30, 2024
कास्की र तनहुँमा छन् धेरै डेंगु संक्रमित सांकेतिक तस्बिर।

काठमाडौँ- तनहुँ र कास्की जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित देखिएका छन्। देशभर २७ अगस्ट सम्ममा ५ हजार ५८९ जना सङ्क्रमितमध्ये तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमित देखिएका हुन्।

देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएको थियो। त्यसपछि ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यो तथ्याङ्क माघयताको हो। देशभर ७७ मध्ये हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ।

माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो। डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ। यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन्।

एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ। डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन्।

प्रकाशित: १४ भदौ २०८१ १६:५८ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast