सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गुर्नपर्छः मन्त्री काफ्ले

हिमाल प्रेस १३ भदौ २०८१ १६:५० | Thursday, August 29, 2024
सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गुर्नपर्छः मन्त्री काफ्ले पूर्वमन्त्री कुन्दनराज काफ्ले

काठमाडौँ- बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताएका छन्।

बिहीबार हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री काफ्लेले एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने बताएका हुन्।

उनले भने, ‘सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडादर छुटको व्यवस्था विद्यार्थी आन्दोलनको बलमा स्थापीत भएको हो। यो सत प्रतिशत कार्यान्वयन हुनुपर्छ। त्यसैले यस क्षेत्रमा देखिएका हरेक समस्या समाधानका लागि सकारात्मक रुपमा काम गर्न मेरो मन्त्रालय तयार छ।’

सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोकिनुपर्ने र लोकतन्त्रमा समस्याको समाधान घटना घट्नुभन्दा सम्भावित घटनाको परिकल्पना गरेर त्यसलाई न्युनिकरण गर्नेतर्फ सरकार लाग्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १३ भदौ २०८१ १६:५० | Thursday, August 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast