काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन्।
अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्नेछन्।
वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालकस लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए। निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो विश्वास व्यक्त गरे।
प्रकाशित: १२ भदौ २०८१ ६:३६ | Wednesday, August 28, 2024
प्रतिक्रिया





