प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध भ्याकेट निवेदन

हिमाल प्रेस ११ भदौ २०८१ १९:४७ | Tuesday, August 27, 2024
प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्न सर्वोच्चले दिएको आदेशविरुद्ध भ्याकेट निवेदन सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश विरुद्ध मंगलबार भ्याकेट निवेदन दर्ता गराएको छ। गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय मार्फत सर्वोच्च अदालतमा भ्याकेटको निवेदन दर्ता गराएको गृह मन्त्रालय कानून महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए।

मुलुकको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने निकायमा कार्यरत प्रहरी कर्मचारीहरूको सेवा, सर्त सम्बिन्धत कानुन बनाउने जारी गर्ने विधायिकी अधिकार र विधायिकाले दिएको अधिकार अनुसार कार्यपालिकाबाट भई आएको कानुन बमोजिमको कामलाई बिना कानुनी आधार एकतर्फी सुनुवाइबाट जारी भएको अन्तिरम आदेश रद्द गर्न सर्वोच्चमा भ्योकट निवेदन दर्ता गरिएको कानुन महाशाखाका प्रमुख रिजालले जानकारी दिए।

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृतहरू एकसाथ सर्वोच्च अदालत पुगेका थिए। भदौ १६ गते अवकाश हुन लागेका प्रहरीहरूले गत बुधबार सर्वोच्च अदालतमा ३० वर्षे सेवा अवधि खारेजीको माग गर्दै रिट दायर गरेका थिए । भने सोही प्रकारको दाबी सहित सर्वोच्च अदालत पुगेका सशस्त्र प्रहरीका केही अधिकारीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्चले सशस्त्र प्रहरी अधिकारीहरुको रिटमा कारण देखाऊ आदेश मात्र जारी गरेको हो ।

प्रकाशित: ११ भदौ २०८१ १९:४७ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast