काठमाडाैँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन अनुराेध गरेकाे छ।
केन्द्रले आइतबार सातवटै प्रदेशअन्तर्गत शिक्षा हेर्ने मन्त्रालय, ७५३ स्थानीय तह र ७७ वटै शिक्षा विकास तथा समन्वयन एकाइलाई पत्र पठाउँदै यही भदाै २३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन अनुराेध गरेकाे हाे।
‘बहुभाषिक शिक्षाको प्रवर्द्धनः पारस्पारिक समझदारी र शान्तिको लागि साक्षरता’ भन्ने नाराका साथ उक्त दिवस मनाउन केन्द्रद्वारा जारी पत्रमा भनिएकाे छ।
शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति, नागरिक समाज, पत्रकार, राजनैतिक दल, सामुदायिक सिकाइ केन्द्र, विकास साझेदारसंस्थालगायत सबैको उपस्थितिमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा विविध कार्यक्रमसहित मनाउन पनि केन्द्रले अनुराेध गरेकाे छ।

प्रकाशित: ११ भदौ २०८१ १७:०१ | Tuesday, August 27, 2024
प्रतिक्रिया




