समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत

हिमाल प्रेस ११ भदौ २०८१ १२:२७ | Tuesday, August 27, 2024
समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

यता अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन्। ‘म सर्वसम्मत भइसकेँ’ पाण्डेले हिमाल प्रेससँग भने। निर्वाचन समितिले भने आधिकारिक घोषणा गर्न बाँकी छ। उनी यसअघि पार्टी उपाध्यक्ष थिए। पाण्डे प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका संसदीय दलको उपनेतासमेत हुन्।

समाजवादीको पहिलो पूर्ण बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य छान्न चुनाव भइरहेको हो। १८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ।

प्रकाशित: ११ भदौ २०८१ १२:२७ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast