काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पदाधिकारी बैठक आउँदो भदौ १९ मा बस्ने भएको छ।
महाधिवेशनको तयारी गर्न अध्यक्ष महन्थ ठाकुरले बैठक बोलाएका हुन्। बैठकमा महाधिवेशनका लागि समिति बनाउने र सदस्यसम्बन्धी छलफल हुने महासचिव मनिष मिश्रले जानकारी दिए।
बैठक केन्द्रीय पार्टी कार्यालय बबरमहलमा बस्नेछ।
प्रकाशित: ११ भदौ २०८१ ९:००
प्रतिक्रिया