‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’

हिमाल प्रेस १० भदौ २०८१ १२:३४ | Monday, August 26, 2024
‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’

काठमाडौँ- असोज ३ देखि प्रदर्शन हुने फिल्म ‘खुस्मा’ को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक गरिएको छ।

गीतमा एसडी योगी र शान्तिश्री परियारको स्वर छ। गायक योगीले नै संगीत भरेको गीत सुरेन्द्र रानाले लेखेका हुन्। सुरेन राईको कोरियोग्राफी रहेको गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर र उपासना सिंह ठकुरीको मौलिक नृत्य देख्न सकिन्छ।

यसअघि ‘खुसीका फूल बटुलेर’ बाेलकाे गीत सार्वजनिक गरिएकाे थियाे। फिल्म असोज ३ मा प्रदर्शन हुनेछ।

फिल्म अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको छ। मगर समुदायको परिवेशमा बनेको फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापामगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरलगायतका कलाकारको अभिनय छ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिलमको निर्मातामा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्।

प्रकाशित: १० भदौ २०८१ १२:३४ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast