कति छ आज तरकारीको मूल्य?

हिमाल प्रेस १० भदौ २०८१ ८:२८
14
SHARES
कति छ आज तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजारमा लोकलभन्दा भारतीय गोलभेंडा महँगो भएको छ।

आज लोकल गोलभेंडा प्रतिकिलो २८ रुपियाँ हुँदा भारतीय गोलभेंडा भने १०२ रुपैयाँ तोकिएको छ। यो किलोमा ७४ रुपैयाँको फरक हो।

त्यसैरी कन्य च्याउको तुलनामा डल्ले च्याउ पनि किलोमै १६० रुपियाँ महँगो छ । सोमबार कन्य च्याउ १६४ रुपियाँमा किनबेच भइरहँदा डल्ले च्याउ भने ३२४ रुपियाँ पुगेको छ।

यसदिन सुकेको प्याज ११८, गाजर ८५, बन्दा ६६, काउली ९६, मकैबोडी ७६, घिउसिमी १७०, भटमासकोसा १२३, लौका ४५, पाकेको फर्सी ५४, पिँडालु ७६, रायो साग ९६, ब्रोकाउली १९३, कुरिलो ३२५ र न्युरो प्रतिकिलो ८६ रुपियाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्रकाशित: १० भदौ २०८१ ८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =