सन्तोष बने मिस्टर नेपाल वर्ल्ड २०२४

हिमाल प्रेस ९ भदौ २०८१ १४:२७ | Sunday, August 25, 2024
सन्तोष बने मिस्टर नेपाल वर्ल्ड २०२४

काठमाडौँ- यसवर्षको पुरुष सौन्दर्यको प्रतिष्ठित ‘मिस्टर नेपाल वर्ल्ड २०२४’ सन्तोष लोक्समले जितेका छन्। होटेल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा मिस्टर नेपाल वर्ल्ड २०२४ को उपाधि जितेका हुन्।

विजेता लोक्समले आगामी नोभेम्बरमा भियतनाममा आयोजना हुने ‘मिस्टर वर्ल्ड २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन्। नेपालबाट उनले ५ लाख बराबरको विभिन्न पुरस्कार हात पारेका छन्।

प्रतियोगितामा योगेश श्रेष्ठलाई मिस्टर ग्लोबल नेपालको उपाधि प्राप्त भएको छ। आयुष दुलाललाई म्यान अफ द वर्ल्ड घोषित भएका छन्। त्यस्तै आदेश प्रधानले फस्ट रनरअप र आयुष बमजनले सेकेन्ड रनरअपको उपाधि जिते।

सह विधा पुरस्कारका रूपमा विभिन्न व्यक्तिहरूलाई सम्मानित गरियो। आयुष बमजनलाई मस्ट पपुलर, आदेश प्रधानलाई पब्लिक च्वाइस, आयुष दुलाललाई बेस्ट पर्सनालिटी, पिन्टु सन्याललाई मिस्ट ट्यालेन्टेड, योगेश श्रेष्ठलाई फोटोजेनिक, साकार बजिमयलाई इन्टलेक्चुअल, र मनोज गुरुङलाई फिजिकको पुरस्कार प्राप्त भएको छ।

अन्य सह विधामा सन्तोष लोक्समलाई म्यान विथ एलिगेन्स, प्रकाश चौहानलाई मस्ट एक्टिभ, पियूष श्रेष्ठलाई मेन च्वाइस, समीर तिमल्सिनालाई बेस्ट स्किन, अनिकेश प्रजापतिको बेस्ट हेयर, सिजल कपालीलाई फेसनिस्टा, अग्रज श्रेष्ठलाई स्टाइल आइकन, र मनोज गुरुङलाई बेस्ट स्पोर्टसम्यानसिपको पुरस्कार दिइएको छ।

प्रतियोगितामा ३८ जना युवाले प्रतिस्पर्धा गरेका थिए। फिनालेमा नीति शाह, नम्रता श्रेष्ठ, टीकाराम बुढाथोकी, रुपक घिमिरे, राजुभाई सुवाल, माल्भिका सुब्बा, र सन्दीप पोखरेल निर्णायक थिए।

प्रकाशित: ९ भदौ २०८१ १४:२७ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast