कति छ आज विदेशी मुद्राको मूल्य?

हिमाल प्रेस ९ भदौ २०८१ ६:१८ | Sunday, August 25, 2024
कति छ आज विदेशी मुद्राको मूल्य?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटवढ् भएको छैन। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। त्यसैगरी लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५५ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ।

प्रकाशित: ९ भदौ २०८१ ६:१८ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast