विष्णु माझीको स्वरमा ‘आइनँ आमा …’ गीत सार्वजनिक

हिमाल प्रेस ८ भदौ २०८१ ९:४२ | Saturday, August 24, 2024
विष्णु माझीको स्वरमा ‘आइनँ आमा …’ गीत सार्वजनिक

काठमाडौँ- गायिका विष्णु माझीको स्वरमा तीज गीत सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा…’ बोलको गीतमा सार्वजनिक भएको हो।
‘पुतलीको भट्टी’ भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन्। मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।

विष्णुले २० वर्षदेखि निरन्तर तीज गीत सार्वजनिक गर्ने गरेकी छन्। भ्युजका हिसाबले ‘चरी जेलैमा’ उनको सबभन्दा चर्चित तीज गीत हो। ‘पुतलीको भट्टी’भाग २० पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ। युट्युब प्लेटफर्मसहित आइटयुन्स, अमेजन, स्पटीफाइ, एप्पल म्युजिक लगायतमा समेत गीत उपलब्ध छ।

 

प्रकाशित: ८ भदौ २०८१ ९:४२ | Saturday, August 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast