संसदीय छानबिन समितिमा बयान दिन पुगे रवि

हिमाल प्रेस ७ भदौ २०८१ १६:२३ | Friday, August 23, 2024
संसदीय छानबिन समितिमा बयान दिन पुगे रवि रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन्।

लामिछानेलाई आजको लागि समितिले बयानका लागि बोलाएको थियो। समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेसँग सोधपुछ र बयानका लिन लागेको हो।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

समितिले आजै गोरखा नेटवर्कका सञ्चालक छविलाल जोशीको बयान लिएको थियो। छविको बयान सकेर समितिले रविको बयान सुरु गरेको हो।

प्रकाशित: ७ भदौ २०८१ १६:२३ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast