टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

हिमाल प्रेस ६ भदौ २०८१ २०:१४ | Thursday, August 22, 2024
टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

काठमाडौँ- सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले केही सर्तहरूसहित यस्तो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना गर्नुपर्ने बताए। टिकटकलगायतका सबै सामाजिक सञ्जालका लागि लागू हुने उनको भनाइ छ।

टिकटकले नेपाली पर्यटनको प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षाका लागि नेपाली नागरिकमा साक्षरता दर बढाउनुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको उनको भनाइ छ।

सामाजिक सद्भाव भड्काएको भन्दै २०८० असोज २७ गते टिकटक बन्द गरिएको थियो।

प्रकाशित: ६ भदौ २०८१ २०:१४ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast