शिक्षक-कर्मचारीलाई मासिक पारिश्रमिक खुल्ने गरी नियुक्तिपत्र दिन माग

हिमाल प्रेस ६ भदौ २०८१ १५:११ | Thursday, August 22, 2024
शिक्षक-कर्मचारीलाई मासिक पारिश्रमिक खुल्ने गरी नियुक्तिपत्र दिन माग

काठमाडौँ‍- नेकपा एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक-कर्मचारीलाई मासिक पारिश्रमिक खुल्ने गरी नियुक्तिपत्र दिन माग गरेकाे छ। संगठनकाे २३औँ राष्ट्रिय परिषद् बैठकले पारित गरेकाे काठमाडौँ घोषणापत्र-२०८१ मा उक्त माग गरिएकाे हाे।

बुधबार पत्रकारलाई जानकारी गराइएको उक्त घोषणापत्रमा भनिएकाे छ,‘संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई मासिक पारिश्रमिक खुल्ने गरी नियुक्तिपत्र दिन र समाजिक सुरक्षाकोषमा आबद्ध गराउन विद्यालय सञ्चालक समिति समक्ष र उक्त कुरा नियमन गर्न तिनै तहका सरकार समक्ष यो परिषद् माग गर्दछ।’

संसद्को विषयगत समितिको छलफलमा रहेको विद्यालय शिक्षा विधेयकलाई पेन्सन वञ्चित शिक्षकको पेन्सनको प्रबन्ध गर्ने एवं बालविकास शिक्षक, विद्यालय कर्मचारी, राहत शिक्षक, साविक उच्च माविका शिक्षक, छुट करार शिक्षक, प्राविधिक धारका प्रशिक्षण जनशक्ति र विशेष शिक्षामा कार्यरत जनशक्ति लगायतका सबै वर्गका शिक्षाकर्मीलाई दरबन्दी व्यवस्था गर्दै स्थायित्व हुने गरी नेपाल शिक्षक महासंघसँग र सरकारकाबीच पटकपटक भएका सम्झौताहरू सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न पनि संगठनले माग गरेकाे छ।

त्यसैगरी, संगठनले शिक्षकको बिदाबारे हालै जारी भएको निर्देशन अविलम्ब खारेज गरी अस्थायी, करार, राहत तथा प्राविधिक धारमा कार्यरत प्रशिक्षकलगायत सबै प्रकारका शिक्षकको बिरामी बिदा सञ्चित हुने र सञ्चित बिदाको नियमानुसार सुविधा उपभोग गर्न पाउने प्रबन्ध गर्न माग गरेकाे छ।

परिषद् बैठक भदाै १ र २ गते बसेकाे थियाे।

घाेषणापत्र

प्रकाशित: ६ भदौ २०८१ १५:११ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast