अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

हिमाल प्रेस ६ भदौ २०८१ १३:०९ | Thursday, August 22, 2024
अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते प्रतीकात्मक तस्बिर।

त्रिवेणी (रुकुमपश्चिम)- रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छभने एक जना घाइते हुनुभएको छ। जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो।

अरिङगालको टोकाइबाट घाइते हुनुभएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

उनका अनुसार सिस्ने गाउँपालिका–५ स्थित धौलापैरा जङ्गलमा अरिङगाल पोल्ने क्रममा बुधबार साँझ घर्ती र रेउलेलाई अरिङगालले टोकेर घाइते भएका थिए। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो। उपचारको क्रममा घर्तीको मृत्यु भएको हो।

प्रकाशित: ६ भदौ २०८१ १३:०९ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast