‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला

हिमाल प्रेस ६ भदौ २०८१ १२:०७ | Thursday, August 22, 2024
‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला

काठमाडौँ- पुरूषहरूको सौन्दर्य तथा वौद्धिकता जाँच गर्ने प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ। आयोजक कम्पनि ‘यू क्यान फ्लाई फेशन प्राली’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो।

नेपालको सबैभन्दा ठूलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो। देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ। नेपालका प्रमुख शहरहरू काठमाडौं, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिएको छ। सहभागी हुन चाहनेहरूको लागि इसेवा एपमार्फत आवेदन खुला गरिएको छ।

यहि अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौँमा हुनेछ भने सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ। यस्तै मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ।

यो प्रतियोगीताको ब्राण्ड एम्बास्डर तथा बोर्ड सदस्यको रूपमा नायक अनुपबिक्रम शाही छन् भने इभेन्ट मेन्टर तथा कोरियोग्राफरमा अभिनेता प्रशान्त ताम्राकार छन्। मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवाहरूलाई स्थान दिने र उनीहरूको कला तथा क्षमता प्रस्फुटन गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाकी प्रवन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन्।

अडिसनबाट अन्तिम छनोटमा परेकाहरूबीच यो प्रतियोगिताको फाइनल नोभेम्बर २८ मा काठमाडौंमा हुनेछ। ‘म्यान अफ दि इयर २०२४’का विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने आगामी नोभेम्बरमा थाइल्यान्डमा आयोजना हुने ‘म्यान अफ दि वर्ल्ड २०२४’को लागि नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए। प्रतियोगिताको इभेन्ट कोर्डिनेसनमा मञ्जिल श्रेष्ठ छन्।

प्रकाशित: ६ भदौ २०८१ १२:०७ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast