पर्यटनमन्त्री पाण्डेको निर्देशन : कुन फायल कहाँ अड्कियो २४ घण्टाभित्र छिनोफोनो गर्नू

हिमाल प्रेस ५ भदौ २०८१ १७:३३ | Wednesday, August 21, 2024
पर्यटनमन्त्री पाण्डेको निर्देशन : कुन फायल कहाँ अड्कियो २४ घण्टाभित्र छिनोफोनो गर्नू संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डे। फाइल तस्बिर।

काठमाडौँ- काठमाडौं, भदौ ५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका हुन्।

‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला’ उनले भने।

असोज महिनाभित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई निर्देशन दिएका थिए। ‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला,’ उनले भने, ‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छाैं ? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिए। त्यस्तै उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए ।

उनले कर्मचारीले इमान्दारी पूर्वध व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतीजा दिने गरी काम गर्न आग्रह गरे।

त्यसै गरी उनले कानुन निर्माणमा भइरहेको प्रति इंगित गर्दै उनले तीन दिनभित्र अन्तरमन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वास्त पारेको बताए।

साथै मन्त्री पाण्डेले गर्नु पर्ने कामको प्राथमिकीकरण, नीतिको सूचिकरण,काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रुपमा कहाँ कहाँ त्रुटी छ ? त्यसबारेमा संवेदशील भएर ऋघि बढ्न समेत आग्रह गरे।

प्रकाशित: ५ भदौ २०८१ १७:३३ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast