काठमाडौँ- नेपाल संगीत उद्योग संघबाट प्रहरीले कागजात बरामद गरेको छ। अनामगरस्थित संघको कार्यालयबाट अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी ओम रानाले जानकारी दिए।
ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्युटर बरामद गरेको छ। नेपाल संगीत उद्योग संघका पदाधीकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको छ।
रानाले संघका अध्यक्ष सूर्य मगरलाई सोधपुछका लागि ब्युरोमा बोलाइएको समेत जानकारी दिए। संघमाथि विदेशमा हुने सांस्कृतिक कार्यक्रमहरूमा कलाकार पठाउने भन्दै मानव बेचबिखन गरेको गम्भीर आरोप छ।
प्रकाशित: ५ भदौ २०८१ १५:०३ | Wednesday, August 21, 2024
प्रतिक्रिया




