पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद

हिमाल प्रेस ४ भदौ २०८१ ७:०६ | Tuesday, August 20, 2024
पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद

पर्सा- डिभिजन वन कार्यालय पर्साले अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्मको दुई वर्षको अवधिमा सो परिमाणको काठ बरामद गरेको हो।

डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले दुई आवमा अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार २९१ क्युफिट काठ बरामद गरेको जानकारी दिए। ‘दुई आवमा वनपैदावार तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरेर मुद्दा अगाडि बढाएका छौं,’ उनले भने।

कार्यालयले अवैध ढंगले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा पनि बरामद गरेको छ। डिभिजन वन कार्यालय पर्साले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल पनि बरामद छ। कार्यालयले एक सय ४३ थान साइकल, ६ थान ट्याक्टर, ६ थान टायरगाडा, ४२ थान बन्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको छ।

डिभिजन वन कार्यालयले आव २०७९/८० मा एक सय २६ वटा वन मुद्दा दायर गरेको थियो। जसमा १२० थान वनपैदावारसँग सम्बन्धित रहेका थिए। त्यस्तै ६ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित रहेको थियो।

आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर रहेको छ। कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावारसँग सम्बन्धित मुद्दालाई प्राथमिकतामा राखेर फस्र्यौट गर्ने बताए। उनले भने, ‘वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात संकलन गर्ने प्रक्रिया अघि बढेको छ। त्यसैले अब वन पैदावारसँग सम्बन्धित मुद्दा मुद्दा फर्स्यौटले गति लिनेछ।’

प्रकाशित: ४ भदौ २०८१ ७:०६ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast