द भ्वाइसका विजेता करणले गाएनन् आफैंले लेखेको गीत, कारण यस्तो

हिमाल प्रेस २ भदौ २०८१ २१:०५ | Sunday, August 18, 2024
द भ्वाइसका विजेता करणले गाएनन् आफैंले लेखेको गीत, कारण यस्तो

काठमाडौँ-  द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता गायक करण राईको शब्दमा वरिष्ठ गायक राजेशपायल राई, राई इज किङले गाएको गीत सार्वजनिक भएको छ।

करण राई युट्युब च्यानलमा सार्वजनिक भएको ‘मैले माया गरेको मान्छे’ बोलको गीतमा करणको शब्द, राजेशपायलको स्वर तथा महेन्द्र राईको संगीत रहेको छ। यस गीतमा राजेशपायललाई गायिका दीपा तामाङले साथ दिएकी छन्।

करणको वास्तविक प्रेम कहानी जोडिएको भनिएको गीतमा राजेशले गाउनुको कारण भने रोचक छ। करणले भने, ‘आफ्नो जीवनसँग जोडिएको गीत गाउन मैले सकिनँ, त्यही कारण आदरणीय वरिष्ठ गायक राजेशपायल दाईलाई गाउने जिम्मा दिएको हो।’

करणले सार्वजनिक गीतको बारेमा बोल्दै भने, ‘ब्रेकअपपछि बेलुकी रुँदै यो गीत लेखेको थिएँ।’

‘मैले माया गरेको मान्छे’ बोलको गीतमा सञ्जिव बराइलीको एरेञ्ज, किश्वर थापाको मिक्सिङ मास्टरिङ छ। म्युजिसियन स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका थिए। स्टुडियो भिडियोलाई झस्केलो कृयशनले बनाएको हो।

प्रकाशित: २ भदौ २०८१ २१:०५ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast