राष्ट्रियसभामा टीआरसी विधेयकमाथि छलफल

हिमाल प्रेस २ भदौ २०८१ १८:५५
10
SHARES
राष्ट्रियसभामा टीआरसी विधेयकमाथि छलफल

काठमाडौँ- राष्ट्रियसभामा संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।

आइतबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिहरूको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

उक्त विधेयकमाथि संशोधन राख्न चाहने सांसदहरूका लागि विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले जानकारी दिए।

त्यसअघि बैठकमा उक्त विधेयकमाथि छलफल भएको थियो। छलफलका क्रममा आएका प्रश्नको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले विधेयक पारित भई ऐन बनेपछि आयोगले निष्पक्ष ढंगले काम गर्ने बताए।

प्रकाशित: २ भदौ २०८१ १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =