‘देव वाणी’ को गीत ‘तिमीलाई सधैँ भरी’

हिमाल प्रेस २ भदौ २०८१ १७:४३
12
SHARES
‘देव वाणी’ को गीत ‘तिमीलाई सधैँ भरी’

काठमाडौँ- आगामी मंसिर ७ गतदेखि प्रदर्शन हुने फिल्म ‘देव वाणी’ को ‘तिमीलाई सधैँ भरी’ बोलको गीत सार्वजनिक भएको छ। भोला पौडेलको शब्द रहेको गीतमा प्रताप दास र सुनिता कार्कीको स्वर छ। मनोहर गौतम र सन्तोष प्रघादले संगीत भरेको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कुन्दन भारद्धाज र अनुजा लेप्चाको रोमान्टिक नृत्य देखाइएको छ। बाबुसाहेव बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय छ।

नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शनको तयारीमा रहेको फिल्मको छायांकन सिमरा, वीरगन्ज, र काठमाडौँमा गरिएको छ। फिल्ममा कथा निराजन मेहता मन्जिलको कथा छ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्म हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, तेञ्जु योञ्जनको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन र मनोहर सुनामको संगीतमा बनेको छ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले सहकार्यमा निर्माण गरिएको फिल्म मिना खड्का र हिराबहादुर लेप्चाले निर्माण गरेका हुन्।

प्रकाशित: २ भदौ २०८१ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast