नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि कारागार चलान

हिमाल प्रेस २ भदौ २०८१ १५:५५ | Sunday, August 18, 2024
नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पुर्पक्षका लागि कारागार चलान बेचन झा

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीकाे इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

झामाथि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने खेलमा विभिन्न निकाय तथा नेताहरूसँग कुरा मिलाएको गम्भीर आरोप छ। यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित सरकारका उच्च अधिकारीसमेत संलग्न रहेकाे आराेप छ। यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमै छन् भने पूर्वगृहमन्त्री बालकृष्ण खाण भने जेलबाहिरबाटै मुद्दा लड्न पाउने भएसँगै जेलमुक्त भएर मुद्दा लडिरहेका छन्। रायमाझी एमालेका नेता हुन् भने खाण कांग्रेसको।

झा गत असार १४ गते पक्राउ परेका हुन्। नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई पक्राउ गरेको थियो। उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नेपाल ल्याइएको हो।

झाले आफूलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा पनि रिट दिएका थिए। सर्वोच्चले गत साउन १० गते उक्त रिट नै खारेज गरिदिएको थियो।

यो प्रकरणमा यसअघि एउटा अभियोग पत्र जिल्ला अदालत काठमाडौँमा दर्ता भएर विचाराधीन छ। उक्त मुद्दामा पूर्वमन्त्रीहरू खाण,  रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डेलगायतलाई विपक्षी बनाइएको छ।

प्रकाशित: २ भदौ २०८१ १५:५५ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast