जलवायुको असर बढ्यो, सरकारले बेलैमा सोच्नुपर्‍यो : सांसद शेर्पा

हिमाल प्रेस २ भदौ २०८१ १४:४९ | Sunday, August 18, 2024
जलवायुको असर बढ्यो, सरकारले बेलैमा सोच्नुपर्‍यो : सांसद शेर्पा

काठमाडौँ- राष्ट्रियसभामा नेकपा एमालेका सांसद सोनम गेल्जेन शेर्पाले नेपालमा जलवायु परिवर्तनको असर बढिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हालै सोलुखुम्बुको थामेमा गएको बाढी जलवायु परिवर्तनकै असर भएको बताएका हुन्।

उनले जलवायु परिवर्तनका समस्या बढ्दै गइरहने तर सरकारले आवश्यक तयारी नगर्ने कुरा राम्रो नभएको बताए। उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असरबारे सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मजबुत भइ मुद्दा उठाउनुपर्ने बताए। उनले अध्ययन अनुसन्धान दिनहुँ हुने तर नागरिकलाई पूर्वसुचित गर्न नसक्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताए।

‘नेपालमा क्लाइमेट चेन्जको असर धेरै देखिने गरेको छ र क्लाइमेट चेन्जको असरलाई हामीले अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रश्तुत गर्ने भन्ने विषयमा नेपाल सरकारको ध्यानआकर्षण गराउन चाहन्छु। सरकार कसरी अघि बढ्ने भन्नेमा पनि दुविधामा छौँ,’ उनले भने, ‘अब हामी यो समस्यालाई लिएर अन्तर्राष्ट्रिय मञ्चमा पनि क्लाइमेट चेन्जको बारेमा भन्नुपर्ने अवस्था देखिन्छ।’

प्रकाशित: २ भदौ २०८१ १४:४९ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast