काठमाडौँ महानगरको निर्देशन : विद्यालयलाई राजनीतिबाट टाढा राख्नुहोस्

हिमाल प्रेस १ भदौ २०८१ ९:१५ | Saturday, August 17, 2024
काठमाडौँ महानगरको निर्देशन : विद्यालयलाई राजनीतिबाट टाढा राख्नुहोस् काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ।

विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले यस्तो आग्रह गरेको हो।

‘केही विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी हुन आएकाले अनधिकृत व्यक्ति वा समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावरणमा अध्ययन अध्यापन कार्य सुचारु गर्न सम्बन्धित सबैमा अनुरोध छु,’ महानगरले एक सूचनामार्फत भनेको छ ।

प्रकाशित: १ भदौ २०८१ ९:१५ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast