काठमाडौँ- नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले निर्वाचान आयोगमा प्रदर्शन गरेका छन्।
निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारीलगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन्।
आज दिउँसो १२ बजे आयोग प्रदर्शन गर्ने क्रममा पार्टीका केन्दीय सदस्य तथा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल,पार्टीका केन्द्रीय सदस्य बसन्त बोगटी, सुनिता बुढाथोकी, अर्जुन बोगटी, युवराज थापा, मनजिल बोगटी लगायतकालाई पक्राउ गरिएको अखिल क्रान्तिकारीकी उपाध्यक्ष शिलु न्यौपानेले जानकारी दिइन्।
अहिले पक्राउ गरिएका नेता कार्यकतालाइ दरबार मार्गको प्रहरी कार्यालयमा राखिएको छ।
प्रकाशित: ३ मंसिर २०७९ ७:२३ | Saturday, November 19, 2022
प्रतिक्रिया




