भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर, उपमेयरसहित १४ जनाले पाए सफाइ

हिमाल प्रेस ३० साउन २०८१ १९:०३ | Wednesday, August 14, 2024
भ्रष्टाचार मुद्दामा गोदावरीका मेयर, उपमेयरसहित १४ जनाले पाए सफाइ

काठमाडौँ- विशेष अदालतले भ्रष्टाचार मुद्दामा ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयरसहित १४ जनालाई सफाइ दिएको छ। मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारी सहित १४ जनाविरुद्ध अख्तियार अनुसन्धान आयोगले २०८१ जेठ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

बुधबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले १४ जनालाई नै सफाइ दिने फैसला गरेको हो।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर र लगाउँदा सरकारी दरभन्दा कम गरी लगाएको दाबी अख्तियारले गरेको थियो। यसबाट सरकारलाई १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानि नोक्सानी भएको अख्तियारको दाबी थियो।

संक्षिप्त आदेशमा भनिएको छ, ‘निकासी कर जस्ता शुल्कसम्म लगाउन सक्ने तर सो सम्पत्तिको बिक्री गर्न नगरपालिकाले नपाउने हुँदा नगरपालिकाले कानुनद्वारा तोकिएको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ (ख) को कसुर हुने देखिँदैन।’

प्रकाशित: ३० साउन २०८१ १९:०३ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast