असोज २४ मै थपियो विराजको ‘१२ गाउँ’

हिमाल प्रेस ३० साउन २०८१ १५:१५
24
SHARES
असोज २४ मै थपियो विराजको ‘१२ गाउँ’

काठमाडौँ- यसवर्ष दसैँको अवसरमा असोज २४ देखि हलमा तीन नेपाली फिल्मको प्रतिस्पर्धा निश्चित भएकाे छ। फिल्म ‘१२ गाउँ’, ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’।

अभिनेता विराज भट्टको निर्देशनमा बनेको फिल्म ‘१२ गाउँ’ ले पनि असोज २४ मै प्रदर्शन गरिने घोषणा गरेसँगै तीन नेपाली फिल्मकाे प्रतिस्पर्धा निश्चित  भएकाे हाे। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी असोज २४ लाई प्रदर्शन मिति घोषणा गरेकाे छ।

यसअघि सोही मितिमा ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ ले  प्रदर्शन मिति सार्वजनिक गरिसकेकाे छ। यसर्थ असोज २४ मा यी तीन फिल्मको प्रतिस्पर्धा निश्चित छ। तीनओटै फिल्म फरक/फरक जनरामा बनेको छ।

एक्सन- थ्रिलर जनरामा बनेको फिल्म ‘१२ गाउँ’ मा विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड फिल्मका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।

फिल्मबाट विराजका छोरा समीर भट्ट, दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन्। फिल्ममा विराजसहित, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर ९इकु०, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ।

फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ। महेश पौडेल छायांकन रहेको फिल्म काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ।

फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीण केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ। फिल्म विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको हो।

असोज २४ मा ‘ज्वाइँ साब’ र ‘छक्का पञ्जा ५’ भिड्दै

प्रकाशित: ३० साउन २०८१ १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =