सर्प डस्दा बालिकाको मृत्यु, आमा सिकिस्त

हिमाल प्रेस ३० साउन २०८१ ९:५१
8
SHARES
सर्प डस्दा बालिकाको मृत्यु, आमा सिकिस्त तस्बिर स्रोत : नेचरइनफोकसको वेबसाइटबाट।

दाङ- सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ। गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए। गम्भीर रहेकी २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

प्रकाशित: ३० साउन २०८१ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =