अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन भौतिक पूर्वाधारमन्त्रीको निर्देशन

हिमाल प्रेस ३० साउन २०८१ ८:१७
2
SHARE
अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन भौतिक पूर्वाधारमन्त्रीको निर्देशन

सिन्धुपाल्चोक- भौतिक तथा यातायातमन्त्री देवेन्द्र दाहालले अरनिको राजमार्गलाई जोखिम रहित र सुरक्षित बनाउन निर्देशन दिएका छन्। मंगलबार मन्त्रालयका अधिकारीहरूसहित सिन्धुपाल्चोकका विभिन्न स्थानको अनुगमनका लागि पुगेका मन्त्री दाहालले निर्माण कार्यमा भई रहेको ढिला सुस्ती हटाई निर्माणलाई तीव्र बनाउन निर्देशन दिए।

कतिपय पुल निर्माणको कार्यमा ढिला सुस्ती देखिएको भन्दै अवरोध र समस्याको समाधान गरी नागरिकले सहजताको महसुस हुने गरी सडकलाई व्यवस्थित बनाउन उनले निर्देशन दिए।

मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेलसहित अनुगमनमा पुगेका मन्त्री दाहाल समक्ष स्थानीयले बाढी, पहिरोको उच्च जोखिम रहेको सिन्धुपाल्चोकका बस्तीलाई सुरक्षित बनाउन र सडक सञ्चालन सहज बनाउन माग गरेका थिए।

स्थानीय जनप्रतितिनिधीहरुले समेत बारम्बार सडक पहिरोले क्षति पुर्‍याउने भएकाले स्थानीय श्रोत साधनले मर्मत र सुरक्षा गर्न कठिन भएको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ३० साउन २०८१ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =