संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटनाउनुपर्छ : गगन थापा

हिमाल प्रेस २९ साउन २०८१ १४:४४ | Tuesday, August 13, 2024
संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटनाउनुपर्छ : गगन थापा गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन्। थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए। उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए।

‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ’, उनले भने, ‘तर कतिपयले संविधान संशोधन गरेर प्रतिगमन वा पछाडि फर्कन लागेको हो ? भनेर प्रश्न गरिने गरिएको छ।’

उनले संविधान संशोधन गरेर जम्बो संसद्को आकार घटाउन सकिने बताए। ‘संसद्को जम्बो आकार घटाउन सकिन्छ। समानुपातिक समावेशी बढाउन सकिन्छ’, थापाको भनाइ छ।

थापाले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ छोड्न नहुने बताए। ‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले कसैलाई अप्ठेरो पार्न नहुने भन्दै भने, ‘विधिको शासन भनेको त्यही हो।’

प्रकाशित: २९ साउन २०८१ १४:४४ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast