‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

हिमाल प्रेस २९ साउन २०८१ ११:२२ | Tuesday, August 13, 2024
‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

काठमाडौँ- साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, कवयत्री विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान गर्ने निर्णय गरेको हो।

साहित्यकार तथा लेखक डा पुरण राईले आफ्नी आमाको नाममा स्थापना गरेको उक्त पुरस्कार अनलाइन अभिलेख प्रालिमार्फत वितरण गरिने भएको छ।

साहित्कार दीपा राई पुनको जन्मदिनको अवसर पारेर कात्तिक २९ गते उनकी आमा विमला राईलाई नगद ५० हजार र ताम्रपत्रसहित ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने पुरस्कार संस्थापक डा पुरण राईले जानकारी दिए।

भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने डा राईले बताए।

नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पुर्‍याएको योगदानस्वरूप उनकी आमा विमला राईलाई सो सम्मान दिने निर्णय गरिएको हो।

सम्मानित हुने विमला राई झापा घर भइ हाल काठमाडौ बस्दै आएकी छन्।

प्रकाशित: २९ साउन २०८१ ११:२२ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast