सप्तरीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस २९ साउन २०८१ १०:१६ | Tuesday, August 13, 2024
सप्तरीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

सप्तरी- सप्तरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

शम्भुनाथ नगरपालिक-५ मा आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको ट्रक दुर्घटना हुँदा चालक मोरङको उर्लाबारी-१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मोहनपुर पुलबाट तल खस्दा ट्रक दुर्घटनामा परेको हो। चालक राईको ट्रकभित्रै च्यापिँदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ साउन २०८१ १०:१६ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast