१७ राजदूत नियुक्तिका लागि सुनुवाइ प्रक्रिया अघि बढ्दै

हिमाल प्रेस २८ साउन २०८१ ७:२३ | Monday, August 12, 2024
१७ राजदूत नियुक्तिका लागि सुनुवाइ प्रक्रिया अघि बढ्दै परराष्ट्र मन्त्रालय

काठमाडौँ- मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका आवासीय राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने भएको छ।

मन्त्रिपरिषद्को साउन १४ गतेको बैठकले १८ देशमा राजदूत सिफारिस गरे पनि सुनुवाइका लागि १७ जनाको नाम मात्र पठाइएको छ। अस्ट्रेलियाका लागि सिफारिस कान्ता रिजालको नाम सुनुवाइका लागि पठाइएको सूचीमा सामेल छैन ।

परराष्ट्र मन्त्रालयले आइतबार १७ जनाको नाम सुनुवाइका लागि पठाएको हो। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले १७ जनाको नामावली सुनुवाइका लागि प्राप्त भएको र चाँडै प्रारम्भिक प्रक्रिया अघि बढ्ने बताए।

मन्त्रीपरिषद्ले यसअघि भारतबाट फिर्ता बोलाइएका राजदूत डा. शंकरप्रसाद शर्मालाई पुनः भारतमै सिफारिस गरेको थियो । शर्माको पनि संसदीय सुनुवाइका लागि नाम पठाइएको छ ।

यस्तै नरेशविक्रम ढकाल साउदी अरब, प्राडा कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, प्रा धनप्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलङ्का, सनिल नेपाल स्पेन, शैल रुपाखेती जर्मनी, लोकदर्शन रेग्मी संयुक्त राज्य अमेरिका, चन्द्रकुमार घिमिरे बेलायत, डा. शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका छन्।

निर्णय अनुसार जंगबहादुर चौहान रुस, रमेशचन्द्र पौडेल कतार, प्राडा कृष्णप्रसाद ओली चीन, सुम्निमा तुलाधर डेनमार्क, डा। नेत्रप्रसाद तिमल्सिना मलेसिया, प्रकाशमणि पौडेल पोर्चुगल र रीता धिताललाई पाकिस्तानका लागि राजदूतमा सिफारिस गरिएको छ ।

 

प्रकाशित: २८ साउन २०८१ ७:२३ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast