टुकुचा छोपेर बनाइको सडक भासिएको ठाउँमा कल्भर्ट बनाइने

हिमाल प्रेस २७ साउन २०८१ १७:४१ | Sunday, August 11, 2024
टुकुचा छोपेर बनाइको सडक भासिएको ठाउँमा कल्भर्ट बनाइने

काठमाडौँ- काठमाडौँ महानगरपालिका कार्यालयनजिकै भासिएको सडकमा कल्भर्ट बनाइने भएको छ। सडक भ्वाङ परेको ठाउँमा टुकुचा खोला रहेको फेला परेपछि त्यहाँ कल्भर्ट बनाउन लागिएको हो।

सडक डिभिजन काठमाडौँका सूचना अधिकारी महानन्द जोशीले कल्भर्ट पुल बनाउने योजना बनिसकेको जानकारी दिए। उनले भने, ‘त्यहाँ कल्भर्ट नै बनाउनुपर्ने देखिएपछि त्यहीअनुसार हामी अघि बढेका छौँ, भोलिसम्ममा हामी कल्भर्ट निर्माणका लागि टेन्डर आह्वान गर्छौं।’

उनका अनुसार त्यहाँ पुल बनाउन करिब ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ। ‘हामी यो बजेटको लागि संघीय सरकारसँग माग गरेका छौँ,’ उनले भने।

गत बिहीबार राति दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौँ प्लाजा जोड्ने सडक भासिएको थियो। टुकुचा खोलामाथि सडक बनाइएकोले काठमाडौं महानगरपालिकाले पनि पुल बनाउन आवश्यक रहेको भन्दै पुल बनाउन माग गरेको थियो।

प्रकाशित: २७ साउन २०८१ १७:४१ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast