बंगलादेशमा भएको हिंसाको विरोधमा काठमाडौँमा प्रदर्शन

हिमाल प्रेस २६ साउन २०८१ १५:०६
46
SHARES
बंगलादेशमा भएको हिंसाको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ– बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको विरोधमा काठमाडौँमा शनिबार प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानको ब्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीमाथि हिंसा भएको भन्दै विरोधस्वरूप काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको हो।

विश्वभरका हिन्दु र बौद्ध धर्मावलम्बीहरु एक भएर बंगलादेशमा भएको हिंसाको विरोध गर्नुपर्ने उनीहरूले जनाएका छन्। प्रदर्शनकारीहरूले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए।

प्रकाशित: २६ साउन २०८१ १५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =