बुटवलमा साँढेको आक्रमणबाट महिलाको मृत्यु

हिमाल प्रेस २६ साउन २०८१ ९:४२ | Saturday, August 10, 2024
बुटवलमा साँढेको आक्रमणबाट महिलाको मृत्यु

लुम्बिनी- छाडा चौपाया (साँढे)ले हान्दा बुटवलमा एक महिलाको मृत्यु भएको छ। साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको उपचारका क्रममा मृत्यू भएको हो।

गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन्।

दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राती मृत्यू भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २६ साउन २०८१ ९:४२ | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast