‘ह्रस्व दीर्घ’ को गीत ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’

हिमाल प्रेस २५ साउन २०८१ १८:१३
22
SHARES
‘ह्रस्व दीर्घ’ को गीत ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो बसेर नाचिस्यो’ सार्वजनिक गरिएको छ। नाग पञ्चमीको अवसरमा सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी राधाकृष्णको भेषमा नृत्य गरिरेहेका छन्।

सुष्मा सुनामको कोरियोग्राफी रहेकाे गीतमा दुर्गेश थापा र सदिक्षा कट्टेलको स्वर छ। गीत गायक दुर्गेश थापाकै शब्द, संगीत निर्देशन र संयोजनमा बनेकाे छ।

फिल्म आगामी असोज ३ मा प्रदर्शन हुनेछ। चन्द्र पन्तले निर्देशन गरेको फिल्ममा नीता र हरिहरसहित ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ।

अभिनेता हरिहर अधिकारीको कथा रहेको फिल्ममा उनीसँगै प्रतिक पौडेल र निर्देशक पन्तले पटकथा तथा संवाद तयार पारेका हुन्। नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा अभिनेत्री निता ढुंगानाकै लगानी छ। फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्।

बलिउडका सिनेमाटोग्राफर कवीर लालले छायांकन गरेको हुन्। फिल्म नेपालीसहित तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन गरिनेछ।

प्रकाशित: २५ साउन २०८१ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + one =